
सोल्न, आधुनिक फुटबलका हस्ती पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट शतकीय गोलको आँकडा पार गरेका छन् । यूईएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति स्विडेनविरुद्ध २–० को जित निकालेको खेलमा रोनाल्डोले दुई गोल गर्दै १ सय १ गोलको शतकीय आँकडा पार गरेका हुन् ।
राष्ट्रय टोलीबाट शतकीय गोल पूरा गरेपछि कप्तान रोनाल्डोले राष्ट्रिय टोलीका लागि यो ऐतिहासिक लक्ष्य पूरा गर्न पाएको गर्व लागेको बताएका छन् । ‘जब तपाईंहरू मलाई १ सय गोल पूरा गर्न सक्छौं भन्नुहुन्छ । म भन्छु कि यो पर्याप्त छैन । पोर्चुगलका लागि १०१ गोल,’ उनले भने । पोर्चुगलको समेत सर्वाधिक गोलकर्ता रहेको रोनाल्डो युरोपबाट शतकीय अन्तर्राष्ट्रिय गोल पार गर्ने पहिलो तथा विश्वकै दोस्रो खेलाडी बनेका छन् । २००३ देखि राष्ट्रिय टोलीमा रहेका ३५ वर्षीय रोनाल्डोले हालसम्म १६५ क्याप जित्दै १ सय १ अन्तर्राष्ट्रिय गोल गोलको आँकडा पार गरेका हुन् ।राजधानि दैनिक







