December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

यूएस ओपन टेनिसमा सरिना विलियम्स र भिक्टोरिया अजारेन्का अन्तिम १६ मा प्रवेश

  • 8
    Shares

काठमाडौं, यूएस ओपनअन्तर्गत तेस्रो चरणका खेलहरू हाल जारी छन् । आफ्नो करिअरको २४ ‌औँ ग्रान्ड स्लाम जित्ने दाउमा रहेकी ३८ वर्षीया सरिना विलियम्स विश्व वरियतामा ३७ औँ स्थानमा रहेकी स्लोनी स्टीफ्नसलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी छिन् ।

पहिलो सेटमा २-६ ले पछाडि परेकी विलियम्सले दोस्रो र तेस्रो सेट ६-२, ६-२ ले जित्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भइन् । ६ पटकसम्म यूएस ओपन जितिसकेकी विलियम्स र विश्व वरियतामा २१ औँ स्थानमा रहेकी ग्रीक खेलाडी मरिया सकारीबीच आगामी चरणमा खेल हुँदैछ ।

त्यस्तै सन् २०१९ की पूर्वविजेता भिक्टोरिया अजारेन्का पनि अन्तिम १६ मा प्रवेश गरेकी छन् । महिलातर्फकै अर्को खेलमा विश्व वरियतामा ३८ औँ स्थानमा रहेकी ग्रीक खेलाडी एलिसे मर्टन्सले अमेरिकी खेलाडी क्याथेरिन मक्कलीमाथि जित हासिल गर्दै चौथो चरणमा प्रवेश गरेकी छिन् ।

पुरुष एकलतर्फका खेलमा, बिनावरियताका जेफ्री जन वुल्फमाथि विजयी हुँदै विश्व वरियतामा तेस्रो स्थानमा रहेका रुसी खेलाडी ड्यानिल मेदभेदेभ चौथो चरणमा प्रवेश गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको