November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

  • 3
    Shares

काठमाडौँ, सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उनि आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ ।

ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो । टस जितेर जमैकाले ब्याटिङ राजेको थियो ।

निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो । एक सय ६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । बार्बाडोसका लागि कप्तान जेसन होल्डरले ६९ रन बनाए । यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको