April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

दुई खेल बाँकी हुँदै सन्दीप लामिछाने आवद्ध टोली सेमिफाइनमा

काठमाडौं, ट्रिनीडाड : क्याराबिन प्रिमियर लिग(सीपीएल) मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले सेमिफाइनमा स्थान बनाएको छ ।

आफ्नो खेल वर्षाका कारण अवरुद्ध हुनुका साथै पछ्याइरहेको टोलीको हारपछि जमैका सेमिफाइलनमा पुग्न सफल भएको हो । 

गएराति सुरु भएको जमैका  र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटबीचको खेल वर्षाका कारण रद्द हुँदा दुवैले १–१ अंक बाडेका थिए । ब्रायन लारा मैदानमा सुरु भएको खेलमा जमैकाले टस जितेर पहिले बलिङ रोजेको थियो । सेन्ट किट्सले ५.४ ओभरमा कुनै विकट नगुमाइ ४६  रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएपछि दुवैले अंक बाँडेका हुन् । 

शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सबीचको खेलमा बार्बाडोस पराजित भएपछि जमैकाले २ खेल बाँकी छँदै समेमिफाइनलमा स्थान बनाएको हो । 

शीर्ष समाचार

धेरै पढिएको