सविना कार्की
बाग्लुङ समाज दक्षिण कोरियाकाे भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
आपसी एकता,मेलमिलाप, सद्भाव, भाइचारा र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले रजत जयन्तीको पूर्वसन्ध्यामा आयोजित आन्तरिक मैत्रीपूर्ण भलिबल प्रतियोगिता अप्रिल ५ तारिखका दिन सम्पन्न भएको हाे।

समाजले उपस्थित सम्पूर्ण महानुभावहरू, प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूप्रति विशेष आभार व्यक्त तथा सहभागी टिमहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेकाे छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेताबन्न सफल टिम दिनेश भएको जनाएको छ भने उपविजेता बन्न रिजनकाे सफल टिम सफल भएको बताइएको छ ।






