
२०२५ UNA विश्व तेक्वान्दो च्याम्पियनसिप,जुलाई १३, २०२५, कुक्किवोन, सिओल, कोरियामा आयोजना भएकाे खेलमा स्वर्ण पदक जित्नु भएको छ।
नेपालको तर्फबाट सहभागी हुनुभएको मास्टर राज कुमार दराई ले व्यक्तिगत पुम्से सिनियर-२,(३०-३९ वर्ष) स्वर्ण पदक जित्नु सफल हुनुभएको हाे।
पदक जित्नुमा कोरियामा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको सपोर्ट र साथले आज स्वर्ण पदक जित्नु सफल भएको दराइकाे भनाइ छ।
समास्टर राज कुमार दराईले विजयको क्षणमा म विशेषत आदरणीय व्यक्तित्वहरू रोहित राजवंशी, जीवन खतिवडा, दीपक पुन, राजकुमार स्याङ्तान, विवि स्याङतान तामाङलगायत कोरियास्थित थुप्रै साथीहरू जसले मलाई प्रत्यक्ष वा परोक्ष साथ-सहयोग गर्नुभयो उहाँहरूलाई हार्दिक आभारसहित धन्यवाद भन्दै ज्ञापन समेत गर्नुभएको थियोे।खेलाडी राजकुमार दराई खैरहनी-११, चितवन, नेपालकाे हुनुहुन्छ ।









