एनआरएनए भलिबल कपकाे उपाधि बागलुङ समाज कोरियालाई

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,(NRNA) दक्षिण कोरियाले अप्रिल ६ तारिखका दिन आयाेजना गरेकाे “NRNA कप भलिबल प्रतियोगिता २०२५” काे उपाधि बाग्लुङ समाज दक्षिण काेरियाले जितेकाे छ ।
उक्त भलिबल खेल “NRNA कप भलिबल प्रतियोगिता २०२५” अप्रील ६ आइतवार आजु युनिभर्सिटी, दक्षिण कोरियामा भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा २० वटा टिमहरूको प्रतिस्पर्धात्मक सहभागिता रहेकाे थियो भने उपाधि हात पार्न सफल बागलुङ समाज दक्षिण कोरिया हाे ।
त्यसैगरी सुदूरपश्चिम समाज द्वितीय स्थानमा विजेता बन्न सफल रह्यो । कोरियामा हालसम्मकै सर्वाधिक धनराशिको पुरस्कार, अर्थात् प्रथम पुरस्कार ४० लाख कोरियन वन र दोस्रो पुरस्कार २० लाख कोरियन वन रहेकाे थियोे ।
त्यस्तै प्रथम र दोस्रो स्थान प्राप्त टिमका खेलाडीहरूले मेडल र प्रमाणपत्र पनि प्राप्त गरेका गरेका छन् । प्रतियोगितामा विभिन्न श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मानित गरेकाे थियोे ।
सर्वोत्कृष्ट खेलाडीका रुपमा बागलुङका रिजन मगरलाई १ लाख कोरियन वन र प्रमाणपत्र प्रधान गरिएको थियोे ।
त्यस्तै सर्वोत्कृष्ट स्पाईकर – सुदूरपश्चिमका निरन्जन बिष्टलाई ५० हजार कोरियन वन र प्रमाणपत्र प्रधान गरिएको हाे भने
सर्वोत्कृष्ट सेटर ,बागलुङका दिनेश क्षेत्रीलाई पनि ५० हजार कोरियन वन र प्रमाणपत्र,सर्वोत्कृष्ट डिफेन्डर – बागलुङका प्रकाश मल्ललाई ५० हजार कोरियन वन र प्रमाणपत्र र
सर्वोत्कृष्ट ब्लकर – सुदूरपश्चिमका ललितचन्द ठकुरी पनि ५० हजार कोरियन वन र प्रमाणपत्र प्रधान गरिएको छ ।
प्रतिकृया दिनुहोस्