यूएईविरुद्ध नेपालको शानदार जीत,नेपाली महिला टिम यू–१९ विश्वकपमा छनोट
परम्परागत प्रतिद्वन्द्वी यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टिम यू–१९ टी- २० महिला विश्वकपका लागि छनोट भएको छ । ८४ रनको लक्ष्य १६ ओभर अगावै पूरा गर्दै नेपाल यू–१९ महिला टिम विश्वकपमा छनोट भएको हो । नेपाल पहिलोपटक महिला विश्वकपमा छानिएको हो ।
नेपालले ८४ रनको लक्ष्य २ विकेट गुमाएर १४ दशमलव ४ ओभरमा पूरा गर्दै उत्कृष्ट जीत हात पारेको हो । रनरेटमा यूएईलाई पछाडि पार्नै पर्ने खेलमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पारेको हो ।नेपाललाई विश्वकपमा छनोट हुन १६ ओभरमै जीत आवश्यक थियो ।
नेपाललाई सहजै जिताउन ओपनर सना प्रविनले नटआउट ३५ रन बनाइन् । कप्तान पूजा महताले १८ बलमा २१ र सावित्रा धामीले १२ रन बनाइन् । टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरकासहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् ।नेपालका लागि रिया शर्मा र सीमा केसीले समान २/२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिएकी थिइन् । यू–१९ टी–२० महिला विश्वकप २०२५ जनवरीमा मलेसियामा हुँदैछ । समूह डीमा नेपाल, अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् ।
प्रतिकृया दिनुहोस्