साफ महिला च्याम्पियनसिप २०२४ – फाइनलको पहिलो हाफ गोलरहित सकियो

साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । बंगलादेशको पोस्टमा नेपालले खेलको १० औं मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । अमिशा कार्कीको प्रहार क्रसबारमा लागेर फर्किएको हो ।
यसअघि खेल सुरु भएको दोस्रो मिनेटमै बंगलादेशका कप्तान सविना खातुनको प्रहार पोलमा लागेर फर्किएको थियो । बंगलादेशका मोनिका चक्माले ३३ औं मिनेटमा डिबक्स छेउबाट गर्नुभएको फ्रिकिक प्रहार बाहिर गएको थियो। नेपालले केही महत्त्वपूर्ण अवसर पाए पनि गोल गर्न नसकेको हो । बंगलादेशको केही प्रहार नेपाली गोलरक्षकले बचाउ गर्नुभयो ।
नेपालले आज अग्रपंक्तिमा एउटा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) मात्र राखेर खेलेको छ । २०औँ मिनेटमा नेपालकी अमृता जैसीलाई पहिलो पहेँलो कार्ड पाउनुभयो । २०औँ मिनेटमा विपक्षी खेलाडीमाथि फल हानेपछि नेपालकी अमृता जैसीलाई पहिलो पहेँलो कार्ड देखाइएको थियो । बङ्गलादेश साविक विजेता हो । यसअघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशको पोस्टमा नेपालले खेलको १० औं मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको छ । अमिशा कार्कीको प्रहार क्रसबारमा लागेर फर्किएको हो ।
यसअघि खेल सुरु भएको दोस्रो मिनेटमै बंगलादेशका कप्तान सविना खातुनको प्रहार पोलमा लागेर फर्किएको थियो ।खेलको १५ मिनेटसम्म दुवै पक्षबाट गोल हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस्