December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

स्विडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोभिच मिलानमै बस्ने

मिलान, स्विडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोभिच थप एक वर्ष इटालीमै बस्ने भएका छन् । उनले इटाली छाड्ने चर्चा चलिरहेका बेला इटालियन सिरिए क्लब एसी मिलानमै बस्ने निर्णय गरेका हुन् । ३८ वर्षीय इब्राहिमोभिचले मिलानसँग एक वर्ष रहने गरी सम्झौता गरेको बताइएको छ ।

इब्राहिमोभिच गत जनवरीमा ६ महिनाका लागि अमेरिकी शीर्ष डिभिजन क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए । छोटो समयका लागि मिलान आएका इब्राहिमोभिचको प्रदर्शनले मिलानलाई लिगको छैटौं स्थानमा उभ्याउनुका साथै युरोपा लिगमा छनोट गराउन सफल भएको थियो । इब्राहिमोभिचले मिलानका लागि १८ खेल खेल्दै १० गोलसमेत गरेका थिए। इब्राहिमोभिचको प्रेरणादायी प्रदर्शनमा मिलान १३ खेलसम्म अपराजित रहेको थियो ।

सोही कारण हौसिएको मिलानले इब्राहिमोभिचलाई पुनः प्राथमिकतामा राखेको बताइएको छ । मिलानले इब्राहिमोभिचलाई सात मिलियन युरो पारिश्रमिक दिने भएको छ। इब्राहिमोभिच र मिलानबीचको नयाँ सम्झौताबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विभिन्न अड्कलबाजी गरे पनि क्लबले औपचारिक घोषणा भने गरिसकेको छैन।

शीर्ष समाचार

धेरै पढिएको