न्यूजिल्यान्डले जित्याे टेस्ट क्रिकेट शृङ्खला

न्यूजिल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खलाको दोस्रो टेस्टमा भारत एक सय १३ रनले पराजित भएको छ । योसँगै न्यूजिल्याण्डले तीन खेलको शृङ्खलामा २–० को अग्रता बनाएर एक खेल अघि नै शृङ्खला जितेको छ ।

न्युजिल्याण्डले पहिलो टेस्ट आठ विकेटले जितेको थियो । पुनेमा न्यूजिल्यान्डले दिएको तीन सय ५९ रनको लक्ष्य पछ्याएको भारतले ६० ओभर दुई बलमा दुई सय ४५ रन मात्रै बनाउन सक्यो ।

भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ७७ रन बनाए । न्यूजिल्यान्डका लागि मिचेल सेन्थरले ६ विकेट लिए । अब तेस्रो तथा अन्तिम टेस्ट आउँदो शुक्रवारदेखि मुम्बइमा शुरु हुने छ ।