May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

आइसिसी विश्वकप लिग २: नेपाल आज ओमानसँग भिड्दै

काठमाडौं, आइसिसी विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपाल आज ओमानसँग खेल्दै छ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा एक स्थानमाथि रहेको ओमानविरुद्ध भिड्ने भएको हो ।

यस लिगमा नेपालले पाँच खेलमा चार हारको सामना गरेको छ भने ओमानले चार खेलमा एक जित निकाली तीन अंक जोडेको छ ।

पछिल्लो तथ्यांकअनुसार नेपाल र ओमानबीच अहिलेसम्म सात एकदिवसीय खेल भएका छन् । जसमा ओमानले चार र नेपालले तीन जित निकालेका छन् । नेपालले अन्तिमपटक ओमानविरुद्ध २१ अप्रिल २०२३ मा प्रतिस्पर्धा गरेको थियो ।
सो खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो ।

त्रिवि क्रिकेटमा भएको खेलमा नेपालका लागि कुशल मल्लले एक सय आठ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले केवल ६४ बलमा १० छक्का र नौ चौका प्रहार गरे । ओमानविरुद्ध सोमपाल कामीले ४८ बलमा ६३ रन बनाए ।

यसैगरी, नेपालले ओमानविरुद्ध पहिलोपटक तीन सय रनको योगफल कटाएको थियो । विश्वकप लिग २ मा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरिरहेको नेपालले बुधबार ओमानविरुद्ध सुधारिएको प्रदर्शन गर्नुपर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको