May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

एनपिएलमा खेलाडीले जनही २० लाख रुपैयाँ पाउने

काठमाडौं, आगामी मंसिर १५ देखि ६ सम्म हुने नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आठ मार्की खेलाडीको पारिश्रमिक तय भएको छ । क्यानले शनिवार काठमाडौंमा आयोजना गरेको मार्की खेलाडी छनोट कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिकबारे जानकारी दिएको हो ।

क्यानले एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडीले जनही २० लाख रुपैयाँ पाउने जनाएको छ । आज गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन् ।

यसैगर, काठमाडौंले अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ भने ओपनर कुशल भुर्तेल पोखरा र अलराउण्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन् । अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको