December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

सन्दीप सम्मिलित जमैकाको सातौँ खेल आज राति

  • 18
    Shares

काठमाडौं, नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ ।

ट्रिन्बागो नाइट राइडर्स उक्त प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलको ६ खेलबाट १२ अङ्क जोड्दै ट्रिन्बागो तालिकको शीर्ष स्थानमा छ । यसपालि ट्रिन्बागो सिपिएलको उपाधिको सबैभन्दा दाबेदारका रुपमा देखापरेको छ । जारी प्रतियोगितामा सन्दीपको टोली जमैकाको खेल प्रदर्शन मध्यमस्तरको रहेको छ । जमैकाले हालसम्म खेलको ६ खेलमा तीनका जित तथा तीनमा हारका साथ ६ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको चौथो स्थानमा छ ।

शीर्ष समाचार

धेरै पढिएको