April 28, 2025, Monday
२०८२ बैशाख १५, सोमबार

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल भोलि नेपालले यूएईसँग खेल्ने

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्ने भएका हुन् । नेपाल साविकको विजेता टोली हो ।यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ ।

नेपाल र यूएईबीचको पहिलो सेमिफाइनल भोलि बिहान पौने १२ बजे र ओमान र हङकङबीचको खेल भोलि दिउँसो सवा ४ बजे हुनेछ ।विजेता टोली फाइनलमा पुग्नेछन् । तेस्रो स्थानको खेल पर्सि शनिवार र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

शीर्ष समाचार

धेरै पढिएको