May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल नखेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल खेल्न नपाउनुहुने भएको छ ।

वाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले सावित्रालाई नेपालको खेल छाडेर आफू आवद्ध फ्रेञ्च क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुधबार सावित्राले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने आधिकारिक जानकारी दिएको हो ।

सावित्रासँगको क्लबको सम्झौता अनुसार फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । तर, वाफको फाइनल फिफा विन्डो भित्र नपर्ने भएकाले सावित्रा फाइनल छाडेर आफ्नै क्लब फर्किनु पर्ने भएको हो ।

वाफको फाइनलमा नेपालले बिहीबार जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । सावित्राको सानदार खेल प्रदर्शनमा नेपालले फाइनलसम्मको यात्रा तय गरेको थियो । यस प्रतियोगितामा सावित्राले खेलेको चार खेलमा नौ गोल गर्नुभएको छ ।