July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

आईसीसी यू– १९ विश्वकप – आज नेपालले पहिलो खेल न्यूजील्याण्डसँग खेल्दै

दक्षिण अफ्रिकामा जारी आईसीसी यू– १९ विश्वकप अन्तर्गत आज नेपालले पहिलो खेल न्यूजील्याण्डसँग खेल्दै छ । समूह ‘डी’ मा रहेको नेपालले नेपाली समय अनुसार अपराहन्न १ः ४५ बजेदेखि सुरु हुने खेलमा न्यूजील्याण्डको सामना गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल सहित १६ वटा टोलीको सहभागिता जनाएका छन् । विश्वकपमा नेपालसँगै समूह ‘डी’ मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्याण्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल आज न्युजिल्याण्डसँग खेल्नेछ भने जनवरी २४ तारिखमा दोस्रो खेल पाकिस्तानसँग र जनवरी २७ तारिखमा अफगानिस्तानसँग तेस्रो खेल खेल्ने छ ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको