नेपाल सुपर लिग फुटबलम-धनगढी र काठमाडौं भिड्दै

पुस २,काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ६ बजे खेल दशरथ रंगशालामा हुनेछ ।
अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ । धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ ।यस्तै, काठमाडौं ८ अंकसहित चौथो स्थानमा रहेको छछ । काठमाडौंले दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ ।


प्रतिकृया दिनुहोस्