दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिप – नेपाललाई पाँच स्वर्ण
प्रथम दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण, एक रजत र दुई कांश्य पदक जितेको छ । श्रीलङकको कोलम्बोस्थित सुकुतादास इन्डोर स्टेडियममा भएको च्याम्पियनसिपअन्तर्गत महिला ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले र जुनियर महिला ५७ केजीमा सुभाङगी श्रेष्ठले स्वर्ण पदक जित्नुभयो । इन्दिराले गत सेप्टेम्बरमा चीनको हाङझावमा सम्पन्न १९औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो ।
यसैगरी पुम्सेको पुरुष ३० वर्षमुनिको स्पर्धामा उज्ज्वल श्रेष्ठ, महिला ३० वर्षमुनि सुशीला राई र महिला १७ वर्षमुनिको स्पर्धामा रोशनी सिलवालले स्वर्ण पदक हासिल गर्नुभयो ।
पुरुष १७ वर्षमुनि श्रीजल श्रेष्ठले रजत र पुम्सेकै १० वर्षमुनिको जुनियरमा वीरेन्द्र हुमागाईं र १२ वर्षमुनि विवेक तामाङले कांस्य पदक जित्नुभयो । च्याम्पियनसिपमा नेपालबाट दस खेलाडी सहभागी भएका थिए । नेपाली टोलीको प्रशिक्षकको भूमिकमा केशव थापा हुनुहुन्थ्यो ।
यस्तै च्याम्पियनसिपमा नेपालका बब्लु सिवाकोटी उत्कृष्ट निर्णायक घोषित हुनुभएको छ । मोरक्को, दक्षिण कोरिया, श्रीलङका, भारत, पाकिस्तान, मलेसिया र इरानका निर्णायक सहभागी च्याम्पियनसिपमा सिवाकोटी उत्कृष्ट चुनिुनभएको हो । सा च्याम्पियनसिपमा नेपालबका रवीन्द्र मल्लले पनि रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्