March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार

इङ्लिस प्रिमियर लिग फुटबल – म्यानचेस्टर युनाइटेड न्यूक्यासलसँग पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ४ अङ्कको अग्रता बनाएको छ । हिजो भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा यथावत् छ ।

आर्सनलका बुकायो साका र मार्टिन ओडिगार्डले गोल गरे । दोस्रो हाफमा खेल सकिन ४ मिनेट बाँकी छँदा उल्भ्सका म्याथ्यु चुन्हाले एक गोल फर्काए ।

आर्सनलको १४ खेलमा ३३ अङ्क छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलमा २९ अङ्क रहेको छ । प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भयो । युनाइटेडलाई न्यूक्यासलले १–० गोलले हराएको हो ।

अरु खेलमा बे्रन्टफोर्डले लुटन टाउनलाई ३–१ गोलले, बर्नलीले सेफिल्ड युनाइटेडलाई ५–० गोलले र एभर्टनले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ । प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् ।

शीर्ष समाचार

धेरै पढिएको