July 13, 2024, Saturday
२०८१ असार २९, शनिबार

नेपालले आज ओमानको सामना गर्दै

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज (आइतबार) हुँदैछ । छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्दै छ । दुई देशबीचको खेल ११ बजे बिहान टीयू क्रिकेट मैदानमा शुरू हुनेछ ।नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै र ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

पछिल्ला पाँच टी-२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् ।समूह एमा रहँदै प्रतियोगिताको शुरूआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो । नेपाल आज त्यही हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रनेछ ।दुवै टोली २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको