March 17, 2025, Monday
२०८१ चैत्र ४, सोमबार

टी-२० सिरिजमा नेपालको चौथो जीत,यूएईलाई पाँच विकेटले हरायो

त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा नेपालले लगातार चौथो जीत हासिल गरेको छ । सोमबार काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई पाँच विकेटले हराएको हो ।

जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

यूएईविरुद्ध जितका लागि १६५ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालका ओपनर कुशल भुर्तेल १ रन, सोमपाल कामी २ रन र कुशल मल्ल शून्य रनमा आउट हुँदा नेपालले खराब सुरुवात गरेको थियो ।

तर, अर्का ओपनर आशीफ शेखले अर्धशतकीय पारी खेल्दै नेपालको इनिङ्स सम्हालेका थिए । शेखले ६२ रन बनाउँदा कप्तान रोहित पौडेलले ४७ रन बनाएका थिए ।त्यस्तै दिपेन्द्रसिंह ऐरी ४० रनमा नटआउट रहँदा गुल्सन झा १ रनमा नटआएट रहे । नेपालले एक्स्ट्रा १२ रन पाएको थियो ।बलिङतर्फ सोमपाल कामी र अविनाश बोहराले समान २/२ विकेट लिएका थिए । त्यस्तै करण केसी र गुल्सन झाले १/१ विकेट लिए ।

शीर्ष समाचार

धेरै पढिएको