विश्वकप फुटबल छनोट : लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश

नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा हिजो सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरे ।
निष डाँगीको गोल निर्णायक बनेपछि नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ ।
लाओसको न्यु लाओस नेसनल स्टेडियममा मनिषले खेलको ५२ औँ मिनेटमा गरेको गोलले नेपाललाई विश्वकप फुटबल छनोटको दोस्रो चरणमा पुगाएको हो । पाँच दिनअघि दशरथ रङ्गशालामा भएको पहिलो लेगमा लाओससँग १–१ ले बराबरीमा रोकिएपछि नेपालको दोस्रो चरण प्रवेश कठिन देखिएको थियो । तर नेपाल समग्रमा २–१ गोलको नतिजासहित अगाडि बढ्न सफलभयो ।
उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।
नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।।
प्रतिकृया दिनुहोस्