November 30, 2023, Thursday
२०८० मंसिर १४, बिहीबार

एसिसी प्रिमियर कप क्रिकेट बहराइनलाई सात विकेटले पराजित गर्दै नेपाल विजयी

मलेसियामा जारी उन्नाइस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो ।

नेपालको जितमा देव खनाल र अर्जुन कुमालले समान ३२/३२ रनको योगदान दिनुभयो । देवले २७ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ३२ जोड्नु भयो । त्यसैगरी अर्जुन ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट हुनुभयो । ओपनर दीपक बोहराले चार रन जोड्नु भयो ।

बहराइनका अन्स ओबैद सैइदले तीन विकेट लिनुभयो ।

त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रनको योगदान दिनुभयो । उहाँले ७७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३४ रन बतानुभएको हो । त्यसबाहेक बहराइका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बहराइनका कप्तान सीफे रमेशलले छ रन जोड्नुभयो भने आयन ओबैद सैइदले तीन रन जोड्नुभयो । सार्थक वैद्दराजु दुई रनमा आउट हुनुभयो । बलिङतर्फ नेपालका दिपेश कँडेल एक्लैले छ विकेट लिनुभयो भने दुर्गेस गुप्ताले चार विकेट विकेट लिनुभयो । नेपालले अब आगामी कात्तिक २ गते साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिसी एसिया कप खेल्न पाउनेछन् ।

शीर्ष समाचार

धेरै पढिएको