July 13, 2024, Saturday
२०८१ असार २९, शनिबार

युरोकप फूटबल प्रतियोगिताको छनोटको खेलमा इटालीको जीत

युरोकप फूटबल प्रतियोगिताको छनोटको खेलमा इटालीले सहज जीत निकालेको छ ।शनिवार राति घरेलु मैदानमा भएको खेलमा इटालीले छिमेकी माल्टालाई ४–० गोल अन्तरले हराएको हो ।इटालीको जीतमा डेमोनिको बेरान्डीले २ तथा जियाकोमो बोनाभेन्टुरा र डाभिडे फ्राटेसीले १–१ गोल गरे । सन् २०२४ मा जर्मनीमा हुन गइरहेको छ ।

यो जीतले साविक विजेता इटालीको छनोट सम्भावना बलियो बनाएको छ ।यस्तै अर्को खेलमा सर्बिया हंगेरीसँग पराजित भएको सर्बिया घरेलु टोली हंगेरीसँग २–१ गोल अन्तरले पराजित भएको हो ।हंगेरीको जीतमा बानोबास भार्गा र रोनाल्ड सालाईले १–१ गोल गरेका हुन् । स्ट्राहिन्जा पाल्भोभिचले सर्बियाका लागि १ गोल फर्काएका थिए ।

ज्सोल्ट काल्भारले रातो कार्ड खाएपछि हंगेरी अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । तर यसको फाइदा सर्बियाले लिन सकेन ।यस जीतले हंगेरी समूह ‘जी’को शीर्ष स्थानमा कायमै रहन सफल भएको छ ।

शनिवार राति भएका ७ खेलको नतिजाः

शीर्ष समाचार

धेरै पढिएको