April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

एशियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई विमानस्थलमा भब्य स्वागत

१९ औं एशियाली खेलकुद – चीनको होङजाउ शहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेकपा माओवादीका नेता, नेपाली कांग्रेसका नेतो, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवम् राखेपका पूर्व सदस्य सचिव युवराज लामा र महासचिव दावा गुरुङ्ग, कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, पूर्व अध्यक्ष रञ्जन थापा लगायको उपस्थिति रहेको थियो ।

एशियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा कराते खेलाडी एरिका गुरुङ्गले रजत र कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।खेलाडीहरुलाई विमानस्थलबाट विभिन्न स्थानको परिक्रमा गरी राष्ट्रिय खेलकुद परिषदमा विशेष कार्यक्रमका बीच स्वागत र सम्मान गर्ने कार्यक्रम रहेकोमा नेपाल सरकारले शोक दिवस घोषणा गरेका कारण औपचारिक कार्यक्रम स्थगन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको