April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार

घरेलु मैदानमा पीएसजी पराजित

साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा निससँग पराजित भएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजी निससँग ३–२ गोलले पराजित भयो ।

लिगका पीएसजीको या पहिलो हार हो । निसको जितमा टोरेम मोफीले २१औँ र ६८औँ तथा गेतान लाबोर्डले ५३औँ मिनेटमा गोल गर्नुभयो । पीएसजीका लागि केलियन एमबाप्पेले २९ओं र ८७औँ मिनेटमा दुई गोल गरेपनि टोलीको हार टरेन ।

हारसँगै पीएसजी तेस्रो स्थानमा झरेको छ । पीएसजीको पाँच खेलबाट आठ अङ्क छ । विजेता निस नौ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको मोनाकोको चार खेलबाट १० अङ्क छ ।

शीर्ष समाचार

धेरै पढिएको