May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

स्थगित भारत र पाकिस्तानबीचको खेल आज

काठमाण्डौं, भदौ २५ । वर्षाका कारण आइतबार स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो ।

आज भारतले खेल यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ ।आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक-एक अङ्क बाँड्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको