नोभाक जोकोभिचले जिते यूएस टेनिस ओपनको उपाधि

भदौ २५- सर्बियाका नोभाक जोकोभिचले रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् ।३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् ।
यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो । यो जित पछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन् ।जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।
प्रतिकृया दिनुहोस्