May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोमाथि सानदार जित हात पारे

Florian Lejeune of Rayo Vallecano (R) is chased by Antoine Griezmann of Atletico de Madrid (L) during the LaLiga EA Sports match between Rayo Vallecano and Atletico Madrid at Estadio de Vallecas in Madrid, Spain, on August 28, 2023. (Photo by Alvaro Medranda/NurPhoto via Getty Images)

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोमाथि सानदार जित हात पारेको छ । सोमवार राति भएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई ७–० ले हराएको हो ।

एट्लेटिकोका लागि एल्भारो मोरटाले दुई गोल गरेका थिए । यस्तै, एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले एक–एक गोल गरे गरेका थिए ।

भालेकानाको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट खाता खोलेको थियो । १६औं मिनेटमा मेम्फिस डिपेईले गोल गरे भने ३६औं मिनेटमा नागुयल मोलिनाले गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अल्भारो मोराटाले दुई गोल गरे भने एन्जल कोरेया र मार्कोस लोरेन्टेले पनि गोल गरेपछि एथ्लेटिको मड्रिडले ७–० को जित निकाल्यो ।यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको एथ्लेटिको मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको