May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

पाकिस्तानसँगको पहिलो एकदिवसीय- अफगानिस्तान ५९ रनमा अलआउट

पाकिस्तानले पहिलो एकदिवसीयमा अफगानिस्तानलाई १ सय ४२ रनले हराएको छ ।जितका लागि २ सय २ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ ओभर २ बलमा ५९ रनमा अलआउट भयो ।अफगानिस्तानका आजमतुल्लाह ओमरजाई १६ र रहमानउल्लाह गुरबाजले १८ रन बनाए ।उसका अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका हरिस रौफले ५ विकेट लिए । शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाहले एक विकेट लिए ।त्यसअघि श्रीलंकाको महिन्दा राजपक्ष मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४७ ओभर १ बलमा २ सय १ रनमा अलआउट भएको थियो ।

पाकिस्तानका इमाम उल हकले सर्वाधिक ६१ रन बनाए ।अफगानिस्तानका मुजिबउर रहमानले ३ विकेट लिए । मोहम्मद नाबी र राशिद खानले समान २ विकेट लिए ।जितसँगै तीन एकदिवसीय खेलमा पाकिस्तानले १–० को अग्रता बनाएको छ ।दोस्रो खेल भोलि बिहीवार र तेस्रो खेल शनिवार हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको