November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

फिफा महिला विश्वकप फुटबल- स्विडेन तेस्रो

काठमाडौं, स्विडेन फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा स्विडेनले अष्ट्रेलियालाई २–० गोलले हरायो ।

स्विडेनको जितमा फ्रिडोलिना रोल्फोले ३०औँ मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोल्नुभयो । दोस्रो गोल ६२औँ मिनेटमा कोसोभ्रे असलनीले ६२औँ मिनेटमा गोल गर्नुभयो ।

मध्यभागमा औसत बल पोसेसन राखेपनि अष्ट्रेलियाको गोल फर्काउने प्रयास सफल भएन । स्विडेन सेमिफाइनलमा स्पेनसँग २–१ गोलले पराजित भएको थियो ।अष्ट्रेलिया भने इङ्गल्यान्डसँग ३–१ गोलले पराजित भएको थियो । विश्वकप उपाधिका लागि आइतबार इङ्गल्यान्ड र स्पेनबिच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको