महिला विश्वकप : तेस्रो स्थानका लागि आज अष्ट्रेलिया र स्वीडेन भिड्ने
जारी फिफा महिला विश्वकप फुटबल अन्र्तगत तेस्रो स्थानका लागि आज अष्ट्रेलिया र स्वीडेन भिड्दै छन् ।सेमिफाइनलमा पराजित दुवै टोली तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुन लागेको हो।

अष्ट्रेलियाको सनक्रप स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुने खेलको विजेता तेस्रो हुनेछ भने पराजित टोलीले चौथो स्थान हात पार्नेछ।पहिलो सेमिफाइनलमा स्वीडेन स्पेनसँग २–१ गोलले पराजित भएको थियो भने अष्ट्रेलिया इंग्ल्याण्डसँग ३–१ ले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस्