November 29, 2020, Sunday
२०७७ मंसिर १५, सोमबार

सन्दीप लामिछानेआवद्ध जमैका तलवाज क्यारेबियन प्रिमियर लिगमा विजयी

काठमाडौं, नेपाली स्पीनर सन्दीप लामिछानेआबद्ध जमैका तलवाज क्यारेबियन प्रिमियर लिग सिपिएलअन्तर्गत गएराति भएको खेलमा विजयी भएको छ ।

ट्रीनिड्याड एन्ड टोबेगोमा जारी सीपीएलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई तलवाजले ३७ रनले पराजित गर्न सफल भयो ।

जमैकाले प्याट्रियटससमक्ष १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको थियो तर सेन्ट किट्स १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रनमा अल आउट भयो । १२ औं ओभरमा बलिङमा आएका सन्दीपले भने हिजोको खेलमा पनि राम्रो प्रदर्शन गरे ।

आफ्नो पूर्व क्लब समेत रहेको प्याट्रियटसविरुद्धको खेलमा सन्दीपले दुई विकेट लिए । ६ अंकका साथ जमैका तलवाज हाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

हालसम्म खेलेका ६ खेलमध्ये ३ खेलमा तलवाज विजयी भएको छ भने तीनमा पराजय बेहोरेको छ। तलवाजले आगामी खेल ट्रिनब्यागो नाइट राइडर्सविरुद्ध खेल्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको