May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

महिला विश्वकप फुटबल – नकआउट चरणका खेलहरु आजदेखि सुरु,स्वीजरल्याण्ड र स्पेन भिड्दै

न्युजिल्याण्ड र अष्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबल २०२३ अन्तरगत आज देखि नकआउट चरणका खेलहरु सुरु हुदैछन् ।नकआउटको पहिलो खेलमा आज स्वीजरल्याण्ड र स्पेन विच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार विहान पौने ११ बजे न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ ।

स्वीजरल्याण्ड समुह ए को विजेताको रुपमा र स्पेन समुह सी को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका हुन् । हेड टु हेडका आधारमा पछिल्लो समय स्पेनले जापानलाइ ४-० गोल अन्तरले हराएको थियो ।

आजै हुने दोस्रो खेलमा समुह सीको विजेता जापान र ए को उपविजेता नर्वे विरुद्ध प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।३२ राष्ट्र सहभागी महिला विश्वकपमा १६ टिम बाहिरीसकेका छन् । अव ८ टिम क्वाटरफाइनलका लागि छनौट हुनेछन् ।

Soccer Football – FIFA Women’s World Cup Australia and New Zealand 2023 – Group C – Japan v Spain – Wellington Regional Stadium, Wellington, New Zealand – July 31, 2023 Japan’s Hinata Miyazawa scores their first goal REUTERS/Amanda Perobelli

शीर्ष समाचार

धेरै पढिएको