November 30, 2023, Thursday
२०८० मंसिर १५, शुक्रबार

आईपीएल: लखनउको रोमाञ्चक जीत

नयाँदिल्ली, इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनौ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध रोमाञ्चक जित निकालेको छ । एमए चिदम्बरम रंगशालामा सोमबार भएको खेलमा बेङ्लोरले प्रस्तुत गरेको २१३ रनको लक्ष्य लखनउले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको लखनउ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको सातौं स्थानमा छ ।

यसैगरी त्यसअघि टस हारेपछि ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१२ रनको योगफल खडा गरेको थियो । आइपीएलमा आज दिल्ली क्यापिटल र मुम्बइ इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको