December 4, 2023, Monday
२०८० मंसिर १९, मंगलवार

आईपीएल: हैदरावादसँग पञ्जाब किंग्स ८ विकेटले पराजित

नयाँदिल्ली, आईपीएल २०२३ अन्तर्गत भएको पछिल्लो खलेमा सनराइजर्स हैदरावादले पहिलो जित दर्ता गरेको छ । हैदराबादले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित भएसँगै किंग्सले  पहिलो हार ब्यहोरेको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो । जवाफमा सनराइजर्स हैदरावादले १७ बल बाँकी रहँदै खेल जित्यो । 

सनराइजर्स हैदरावादको इनिङ्समा राहुल त्रिपाठीले सर्वाधिक रन बनाए । उनले ४८ बलमा ७४ रनको अविजित इनिङ खेले। योसँगै कप्तान एडेन मार्कराम पनि ३७ रनमा अविजित रहे ।

यसअघि शिखर धवनको ९९ रनको धमाकेदार इनिङ्सको मद्दतले पञ्जाब किंग्सले सनराइजर्स हैदरावादलाई जितका लागि १४४ रनको लक्ष्य दिएको थियो । आईपीएल २०२३ मा लगातार तेस्रो जित निकालेको पञ्जाब किंग्सका ओपनिङ ब्याट्सम्यान सनराइजर्स हैदरावादका बलरको अगाडि जान सकेनन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको