April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

यूएईविरुद्ध रोमाञ्चक जितसँगै नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा

काठमाडौं,नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको छ ।आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम खेलमा नेपालले युएईलाई ९ रनले हराएर विश्वकप छनोटको यात्रा तय गरेको छ। इतिहास रच्दै नेपाल पहिलोपटक विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।खराव प्रकाशका कारण डकवर्थ लुइस विधिबाट युएइलाई ९ रनले पराजित गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।

युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा छ विकेटको २६९ रन बनाएको थियो ।त्यसपछि पर्याप्त प्रकाश नभएका कारण अम्पायरले खेल रोकेपछि नेपाल विजयी भएको हो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले छ विकेटको क्षतिमा ३११ रन विशाल लक्ष्य नेपालसामु प्रस्तुत गरेको थियो ।

युएईका लागि आशिफ खानले ४२ रनमा १०१ रनको योगदान दिए भने वृृत्य अरविन्दले ९४ र कप्तान मोहम्मद वासिमले ६७ रनको योगदान गरे । नेपालको जितमा चार जनाले अर्धशतक बनाए ।भीम सार्कीले ६७, आरिफ शेखले ५२ रन बनाए भने कुशल भुर्तेल र गुल्सन झाले समान ५० रनको योगदान गरे ।

शीर्ष समाचार

धेरै पढिएको