March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

नेपाल टेनिस सङ्घको आयोजनामा अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने

नेपाल टेनिस सङ्घको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट–१ प्रतियोगिा यही माघ १६ गतेदेखि हुने भएको छ ।

यु(१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गल्र्सतर्फ सात राष्ट्रको सहभागिता रहने आयोजक सङ्घका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।

ब्वाइज र गर्ल्स दुवैमा समान ६४(६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२(३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ ।

छनोटको ब्वाइजमा नेपालबाट नौ, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान तीन–तीन, अमेरिका र हङकङबाट समान दुई दुई तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

गर्ल्समा नेपालबाट नौ, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट एक–एक, मङ्गोलियाबाट दुई र भारतबाट ४९ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब रु १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको