
काठमाडौं, नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टलाई २ विकेटको पराजित गरेको छ । कुशल मल्ल र सिद्धान्त लोहनीको आक्रामक ब्याटिङ सहयोगमा एभेन्जर्सले जित हासिल गरेको हो ।
जितसँगै पोखरा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा पोखराको छैटौं खेलमा यो पहिलो जित हो ।
पछिल्लो लगातार खराब लयबाट गुज्रिएको पोखराले फारवेष्टविरुद्ध १८८ रनको लक्ष्य ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको हो ।
यसैगरी ओपनरहरु सुमित महर्जन र आसिफ शेखले ६५ रनको साझेदारी गर्दै पोखरालाई सहज सुरुवात गराएका थिए ।
सुमितले २२ बलमा ३८ तथा आसिफले ३३ बलमा ४५ रन बनाएका थिए । तेस्रो नम्बरमा आएका कप्तान उपुल थारंगा ९ रनमै आउट भए पनि मध्यक्रममा कुशल र सिद्धान्तले जिम्मेवारी लिएर खेलेका थिए ।







