
काठमाडौं, क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ ।
उनले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गरे । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट लिएका हुन ।
जमैका तलावाजबाट खेलिरहेका उनले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिएका हुन । योसँगै जारी प्रतियोगितामा सन्दीप ४ खेलमा ५ विकेट लिन सफल भए। ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा टस जितेर सन्दीपको टोली जमैकाले बलिङ रोजेको थियो ।







