July 13, 2024, Saturday
२०८१ असार २९, शनिबार

टी-ट्वान्टी विश्वकपमा आज भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं, अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । दोस्रो सेमिफाइनलमा पूर्व च्याम्पियन दुई टोली भारत र इंग्ल्यान्ड भिड्दै छन् ।

एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ । यसैगरी आज इंग्ल्यान्डलाई पराजित गर्दै भारत तेस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।

२००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको