आईसीसी टी–ट्वेन्टी: बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं, आईसीसी टी–ट्वेन्टी विश्वकपको समूह ‘दुई’अन्तर्गत भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
एडेलेड ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले पाकिस्तानलाई सेमिफाइनलमा पुग्न एक सय २८ रनको लक्ष्य दिएको थियो ।
यसैगरी एडिलेड ओभलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २७ रनको योगफल तयार गरेको थियो दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १८.१ ओभरमा चार विकेट गुमाएर एक सय २८ रनसहित लक्ष्य पूरा गरेको थियो ।
पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै पाकिस्तानी ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमले राम्रो सुरुआत दिलाएका थिए । पाकिस्तानका लागि ३२ बल सामना गरेका रिजावान दुई चौका र एक छक्कासहित ३२ रन बनाएर पेभेलियन फर्केका थिए ।एजेन्सी
प्रतिकृया दिनुहोस्