
पोखरा, गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ ।
बिहिवार दिउँसो २ः ३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।
समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले सञ्चारमाध्यमलाई जानकारी दिए ।






