
यूईएफए च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगले सहज जित निकालेको छ ।बुधबार राति भएको खेलमा लाइपजिगले सेल्टिकलाई ३-१ गोल अन्तरले हराएको हो ।
लाइपजिगको जितमा आन्द्रे सिल्भाले दुई गोल गरे । क्रिस्टोफर एनकुन्कुले एक गोल गरे ।सेल्टिक जोताले एक गोल फर्काए ।लाइपजिगको यो पहिलो जित हो ।समूह एफको लाइपजिगले ३ खेलमा ३ अंक जोडेको छ ।
सेल्टिक १ अंक जोडेर पुछारमा रहेको छ ।अर्को खेलमा एफसी साल्जवर्गले डिनामो जेग्रेबलाई १-० ले हराएको छ ।






