
काठमाडौं, युइएफए नेसन्स लिगमा स्पेनमाथि स्वीट्जरल्यान्ड जित निकालेको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई उसैको मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो ।
यस जितसँगै स्वीट्जरल्यान्ड लिग ए ग्रुप दुई बाट ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।
यसैगरी स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल फर्काए ।
खेलको २१औं मिनेटमा एकान्जीको गोलबाट स्वीट्जरल्यान्डले सुरुवाती अग्रता दिएको थियो । ५५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५८औं मिनेटमा इम्वोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई खेलमा २–१ ले अघि बढाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल स्ट्वीरल्यान्डले जित्यो ।एजेन्सी






