
कराँची, टी-ट्वान्टी अन्तराष्ट्रिय खेल अन्तर्गत घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो जित हात पारेको छ । कराँचीमा बिहीबार राति पाकिस्तानले भ्रमणकारी टोलीलाई १० विकेटले पराजित गरेको हो ।
जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
यसैगरी पाकिस्तानका लागि मोहम्मद रिजवानले र बाबर अजामले अविजित रहदै २ सय ३ रनको साझेदारी गरे । कप्तान बाबर अजामले अविजित रुपमा ६६ बलमा ५ छक्का र ११ चौकाको सहयोगमा १ सय १० रनको शतकीय इनिङ खेले ।
रिजवनले ५१ बलमा ८८ रनको अविजित रुपमा अर्धशतकीय ईनिङ खेलेका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । भ्रमणकारी टोलीका लागि कप्तान मोईन अलिले अविजित ५५ रनको अर्धशतकिय ईनिङ खेले ।एजेन्सी






