
काठमाडौं, च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा ठूला क्लब विजयी भएका छन् ।
गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई २–० गोलले हराएको छ ।
उसका लागि भलमार्डी र एसेन्सियोले गोल गरे । यस्तै नापोलीले रेञ्जर्सलाई ३–० गोलले र र एसी मिलानले डाइनामो जाग्रिबलाई ३–१ गोलले हरायो ।
शख्तर डोनेट्स्क र सेल्टिक तथा चेल्सी र आरबी साल्जबर्गले १–१ गोलको बराबरी खेल्दा कोपनहेगन र सेभिल्लाको खेल गोलरहित बराबरीमा सकियो । चेल्सी २ अङ्कसहित समूहको पुछारमा छ । यस्तै, बेन्फिकाले युभेन्ट्सलाई र म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डलाई समान २–१ गोलले हराएका छन् ।एजेन्सी







