
काठमाडौं, साफ यु-१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको छ । शुक्रबार श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेपालले भारतलाई पराजित गरेको हो
जितसँगै नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालका लागि सरोज दर्लामीले ४५औं मिनेट, उनेश बुढाथोकीले ४९औं मिनेट र सुवास बमले ६८औं मिनेटमा गोल गरेका थिए । यसअघि भारतले २५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।






