
काठमाडौं, युरोपेली च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । क्रोएसियाको डाइनामो जाग्रेबसँग चेल्सी १–० गोलले पराजित भएको हो ।
जितसँगै समूह ‘ई’ को जाग्रेबले पहिलो खेलमा ३ अंक जोडेको छ । घरेलु मैदानमा जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
यसैगरी, अरु खेलमा जर्मनीको बोरुसिया डर्टमन्डले डेनमार्कको कोपनहेगनलाई ३–० ले, पोर्चुगलको बेन्फिकाले इजरायलको मक्काबी हाइफालाई २–० गोलले, इंलिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभिल्लालाई ४–० गोलले हराएको छ ।
इटलीको एसी मिलान र अष्ट्रेलियाको आरबी साल्जबर्गले एक÷एक गोलको बराबरी खेलेका छन् । स्कटल्याण्डको सेल्टिकलाई स्पेनको रियल मड्रिडले ३–० गोलले हराएको छ ।एजेन्सी







